Aamsanchar

नागरिकता संशोधन विधेयक बहुमतद्वारा पारित

Author Image
शनिवार, साउन ७, २०७९

फायल फोटो ।

काठमाण्डौ ।नागरिकता संशोधन विधेयक–२०७९ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो । हिजो शुक्रवार दिनभरको छलफलपछि नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाले बहुमतले पारित गरेको हो ।

विधेयकमा भएको प्रावधानबारे वैवाहिक अङ्गीकृत नागरिकता पाउनका लागि सात वर्ष समयसीमा तोक्ने र नेपालीसँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता लिन चाहेमा व्यवस्था हुनुपर्ने भन्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० का सांसदहरूका तर्फबाट प्रस्तुत संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको थियो । विधेयकमा ९४ विषयमा ४५ जना सांसदले संशोधन प्रस्ताव पेस गरेका थिए । वैवाहिक अङ्गीकृत नागरिकताका लागि सात वर्ष समयसीमा तोक्नेबारेमा विगतमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति भएको थियो ।

अब यो विधेयक अब राष्ट्रिय सभामा पेस हुनेछ । राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा कार्यान्वयनमा आउनेछ ।

योसँगै प्रतिनिधि सभाको अर्को बैठक यही साउन ८ गते आइतवार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको थियो ।

Views: 303

प्रतिक्रिया (०)

सम्बन्धित खबर