Aamsanchar

नेकपाका संस्थापक नरबहादुरको स्मृतिमा वृद्धा आश्रममा खाद्यान्न वितरण 

Author Image
सोमवार, साउन ९, २०७९

कार्यक्रममा बोल्दै  पूर्व सञ्चारमन्त्री तथा प्रमुख अतिथि राम कार्की (पार्थ) ।

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी नेकपा का संस्थापक सदस्य नरबहादुर कर्माचार्य को ९ औं स्मृति दिवस बिर्तामोडमा मनाइएको छ ।
नरबहादुर कर्माचार्य  स्मृति बहु प्राविधिक शिक्षालय बिर्तामोडको आयोजनामा आज बिर्तामोड स्थित परोपकार तथा अनुसन्धान केन्द्रमा खाद्य सामग्री बितरण र स्व. कर्माचार्यले पाटी गठन गर्न गरेको योगदानको चर्चा गरेर स्मृति दिवस मनाइएको थियो ।

आयोजक संस्थाका अध्यक्ष ज्योतिसिंह दर्लामीको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व सञ्चारमन्त्री झापा क्षेत्र नंं १ का प्रतिनिधिसभा सासंद राम कार्की (पार्थ) को प्रमुख आतिथ्यता रहेको थियो ।

अनुसन्धान केन्द्रका कार्यसचिव वेनुप्रसाद भट्टराईलाई खाद्ययन सामाग्री हस्तान्तरण गर्दै नरबहादुर कर्माचार्य स्मृति बहु प्राविधिक शिक्षालयका अध्यक्ष ज्योतिसिंह दर्लामी । 

२००६ वैशाख १० गते तद्नुरुप २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो ।  पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरको दोस्रो तल्लामा नेकपाको स्थापना गरिएको थियो । मोतीदेवी भौतिक रुपमा उपस्थित हुनुहुन्थेन ।

कम्युनिष्ट घोषणापत्र जारी भएको १ सय २ वर्षपछि र सोभियत संघमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ बर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो । चीनमा माओत्सेतुङको नेतृत्वमा जनवादी क्रान्ति सफल हुनुभन्दा चार महिनाअघिको यस समयमै अंग्रेज उपनिवेशबाट छिमेकी भारत मुक्त बनिसकेको र नेपालीहरू १ सय ४ वर्ष लामो जहानियाँ राणा शासनको निरंकुशताबाट मुक्त हुन खोजिरहेको बेला भएको थियो ।

कर्मचार्य मृत्यु हुनु पूर्व नेकपा माओवादी निकट नेता बनेर काम गरेको संस्थाका कोषाध्यक्ष प्रकाश भट्टराईले जानकारी थिए ।

स्व. नरबहादुर कर्माचार्य ।

तत्कालीन राणा शासनको विरुद्धमा र नेपाली जनताको भाग्य र भविष्य निर्धारण गर्न भनेर आफ्नो सम्पूर्ण जीवन पार्टीमा समर्पित गरेका कर्माचार्य ले  विवाह पनि गरेका थिएनन् । एक इमानदार, सादगी नेताको रुपमा परिचित कर्माचार्यको नाममा झापाको बिर्तामोडमा बहु प्राविधिक शिक्षालय स्थापना गरिएको छ । २०७६ सालमा स्थापना भएको शिक्षालयमा ३ बर्षे बाली, पशु र वन वातावरण विषयको प्राविधिक कक्षा सञ्चालन भई रहेको संस्थाका अध्यक्ष ज्योतिसिंह दर्लामीले बताए । शिक्षालयले आगामी वर्षमा होटल म्यानेजमेन्ट र फार्मेसी विषय पनि सुरु गर्ने तयारी गरेको उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि कार्कीले कम्युनिष्टको सरकार भएको ठाउँमा वृद्ध आश्रम हुनु राम्रो कुरा होइन, स्थानीय सरकारले भएका आश्रमलाई व्यवस्थापनमा सहयोग गर्नुपर्ने हुन्छ । नयाँ पुस्तालाई समाज सेवाको बारेमा जानकारी गराउन नगरका विद्यालयका विद्यार्थीहरूलाई बिदाको दिन पारेर वर्षमा कम्तिमा २० घण्टा समाजिक कार्यमा लगाउनु पर्ने तर्क राखेका थिए । कार्कीले परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्ध आश्रमका लागि एक थान रेडियो उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 460

प्रतिक्रिया (०)