Aamsanchar

बुहारीलाई बलात्कार प्रयास गरेकाे भन्दै जेठाजु विरुद्ध उजुरी

Author Image
बिहिवार, साउन १२, २०७९

सिरहा- सिरहाको गोलबजार नगरपालिकामा २० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा आफ्नै जेठाजु विरुद्ध उजुरी परेको छ । घरमा कोही नभएको मौका छोपी ३० वर्षीय जेठाजुले बलात्कार प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी परेको हो । घटना गाउँ मै मिलाउने प्रयास भएको भन्ने सूचना पाएपछि त्यहाँ पुगेको प्रहरीको भनाई छ । प्रहरी गाउँमै पुगेपछि प्रहरीसँगै आएकी ति महिलाले आफूमाथि अन्याय भएके भन्दै उजुरी दिएको प्रहरीले जनाए । आरोपित जेठाजु भने फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर प्रदिप पौडेलले बताए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 354

प्रतिक्रिया (०)

सम्बन्धित खबर