

गोरखाको आरुघाट गाउँपालिकाले खादा प्रयोगमा रोक लगाएको छ । गाउँ कार्यपालिकाको बैठकबाट नै सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोग नगर्ने निर्णय गरेको हो ।साउन १० गतेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाभित्र हुने सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोग नगर्ने निर्णय गरेको हो ।

आरुघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाटद्वारा जारी सूचनामा आगामी दिनमा सोहीअनुसार गर्न–गराउन उल्लेख गरिएको छ ।

खादा खर्चिलो र पुन: प्रयोग नहुने बस्तु भएकाले सार्वजनिक कार्यक्रममा र स्वागत सत्कारमा खादा लगाउने प्रचलन बढ्दै गएपछि आरुघाट गाउँपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।

Views: 250

