

काठमाडौं –बितेको २४ घण्टामा देशभर पाँच हजार ८ सय ४६ जनाको कोरोना परीक्षण गर्दा एकैदिन ६ सय २० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट १ जनाको मृत्यु भएको छ।

त्यस्तै, २९७ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिया संक्रमित ४ हजार ५ सय ६७ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९ सय ६७ जनाको मृत्यु भएको छ।

Views: 403

