Aamsanchar

काठमाण्डाैमा एकै परिवारका ४ जना मृत फेला, घटनास्थलबाट चक्कु बरामद

Author Image
सोमवार, साउन १६, २०७९

काठमाण्डाै – राजधानीको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसाल हाइटमा मृतावस्थामा फेला परेकामध्ये श्रीमती सुनिता पाण्डे दुई दिनपछि बेलायत (युके) जाने तयारीमा रहेको पाइएको छ । तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले मृतक सुनिता दुई दिनपछि युके जाने तयारीमा रहेको जानकारी पाएको  बताए । ‘दुई दिनपछि मृतक मध्येकी सुनिता पाण्डे युके जाने तयारीमा रहेको थाहा भएको छ’, उनले भने, ‘घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरेपछि थाहा होला ।’घरको कोठाभित्र एकै परिवारका ४ जनाको शव फेला परेको हो भने घटनास्थलको प्रकृति हेर्दा हत्या गरेको देखिन्छ । घरको कोठाभित्र एकै परिवारका ४ जनाको शव फेला परेको हो भने घटनास्थलको प्रकृति हेर्दा हत्या गरेको देखिन्छ । प्रहरीले घटनास्थलबाट चक्कु बरामद गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक एकै परिवारका भएको पुष्टि गरेको छ ।  मृतकमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन् । काठमाडौं प्रहरीका अनुसार मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे  रहेका छन् । दिनेश र सुनिता श्रीमान श्रीमती हुन् भने आशिका र आशिक छोराछोरी हुन् । युके जाने तयारीमा रहेकी सुनिताको शरीरका ७ भन्दा स्थानमा चक्कुको प्रहार गरेको देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 432

प्रतिक्रिया (०)