Aamsanchar

काठमाडौंमा एमालेको जनप्रदर्शन

Author Image
सोमवार, साउन १६, २०७९

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले जनसरोकारका विषयमा काठमाडौंमा वृहत् जनप्रदर्शन कार्यक्रम सुरु भएको छ ।

मुलुकमा महंगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्‍याली सुरु भएको हो ।

जनप्रदर्शन आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन दिउँसो वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटीहुँदै शान्तिबाटिकामा पुगेर सभामा परिणत हुनेछ । जनप्रदर्शनमा पार्टीका काठमाडौं उपत्यकाका भूगोलका तीन जिल्ला, उपत्यका विशेष प्रदेश र त्यसअन्तर्गतका चार जिल्ला, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रीय विभागको सहभागिता रहेको छ।

Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर