Aamsanchar

पुल्चोकमा दार्जिलिङका एक जना मृत फेला

Author Image
बुधवार, साउन १८, २०७९

ललितपुर- ललितपुरको पुल्चोकमा मःम पसले मृत फेला परेका छन् । दार्जिलिङ घर भएका ६२ वर्षीय राजकुमार क्षेत्री झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी अंगुर जिसीले  बताए ।कलेजोको समस्याका कारण एक महिनाअघि उनको पत्नीको मृत्यु भएको थियो । २५ वर्षदेखि पुल्चोकमा एउटै घरमा बस्दै आएका क्षेत्रीले बिहान अबेरसम्म ढोका नखोलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । भित्रबाट ढोकामा चुकुल लगाएर पंखाको हुकमा सलमा पासो लागेर झुण्डिएको अवस्थामा प्रहरीले उनको शव निकालेको छ । शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा पठाइएको डिएसपी जिसीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 376

प्रतिक्रिया (०)

सम्बन्धित खबर