Aamsanchar

रारुमा आमा, छोरा र छोरी झुन्डिएकाे अवस्थामा भेटिए

Author Image
बुधवार, साउन २५, २०७९

बझाङ – बझाङकाे बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुन्डिएकाे अवस्थामा भेटिएका छन् ।

रारुका २२ वर्षीया गीता पार्की, उहाँकी पाँच वर्षीया छाेरी र तीन वर्षीया छाेरा भुपेन्द्र पार्की झुन्डिएकाे अवस्थामा भेटिएका वडा नम्बर ९ का वडाअध्यक्ष हरिश सिंहले जानकारी दिनुभयाे।  मृतक पाँच वर्षीया बालिकाको भने नाम खुलेकाे छैन ।

गएराति उहाँका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका सिंहले जानकारी दिनुभएकाे छ । घटनाकाे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टाेली घटनास्थलतर्फ जाँदै छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर