Aamsanchar

झापामा बालिकालाई बलात्कार गरेर विवाह गर्छु भनी आफ्नै घरमा राखेको खुलासा, एक जना पक्राउ

Author Image
बुधवार, साउन २५, २०७९

झापा- १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ बस्ने २० वर्षीय दिपेश विक छन् ।

झापाको अर्जुनधारा नगरपालिका–११, नयाँ बसपार्कस्थित ताप्लेजुङ पाँचथर होटेल एन्ड लजमा यही साउन १८ गते राति दिपेशले ती बालिकालाई बलात्कार गरेर विवाह गर्छु भनी आफ्नै घरमा लगेर राखेको खुलेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङसँगको समन्वयमा दिपेशलाई पक्राउ गरेको जनाइएको छ ।बाह्रखरीबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर