Aamsanchar

पूर्व वडा अध्यक्ष श्रेष्ठ मृत अवस्थामा फेला

Author Image
बिहिवार, साउन २६, २०७९

स्याङ्जा : वालिङ नगरपालिका ९ का पूर्व वडा अध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन्।  वालिङ १३, स्थित गहाखोलाको शाखा सडकमा उनी मृत अवस्थामा फेला परेका हुन्। सिद्धार्थ राजमार्ग भन्दा करिव २० मिटर तल लडेको अवस्थामा उनको शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए। ग १६ प ५४६१ नं को स्कुटर सहित श्रेष्ठ पल्टेको अवस्थामा भेटिएका हुन्। गएरातिदेखि नै श्रेष्ठ सम्पर्कविहीन भएका थिए। उनकाे शव वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा पोस्टमार्टमको लागि पठाईएको वडा प्रहरी कार्यालय वालिङका डिएसपी ढकेन्द्र खतिवडाले बताए। घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

श्रेष्ठ २०७४ को स्थानिय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 343

प्रतिक्रिया (०)