Aamsanchar

राजवंशी समाज विकास समितिको विशेष केन्द्रिय अधिवेशन शनिवार

Author Image
शुक्रवार, साउन २७, २०७९


बिर्तामोड । राजवंशी समाज विकास समितिको विशेष केन्द्रिय अधिवेशन बिर्तामोडमा हुने भएको छ ।

भोलि ( शनिबार ) आयोजना हुने विशेष अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक समितिका अभय राजवंशीले जानकारी दिए ।

झापा, मोरङ र सुनसरी जिल्लामा मुख्य बसोबास गर्ने राजवंशीहरूको २०५० सालमा स्थापना भएको विकास समितिको गत असार ३१ र ३२ गते मोरङमा अधिवेशन भएको थियो । तर उक्त अधिवेशनबाट विधि र प्रक्रिया विपरित समिति गठन भएको भनेर विशेष केन्द्रिय महाधिवेशन तदर्थ समितिले भोलि पुन : अधिवेशन आवहान गरेको हो ।

विधानको दफा ३७ को उपदफा ( छ ) अनुसार केन्द्रिय महाधिवेशन विवादित भएमा उपस्थित प्रतिनिधिहरू ले नै राजवंशी समाज विकास समितिको विशेष केन्द्रिय महाधिवेशन आयोजना गर्ने स्पष्ट कानुनी व्यवस्थालाई टेक्दै असार ३१ गते को महाधिवेशनमा उपस्थित प्रतिनिधित्वले २१ सदस्य विशेष केन्द्रिय महाधिवेशन आयोजक समिति घोषणा गरि श्रावण १४ गतेको बैठक बाट भोलि २८ गते झापाको बिर्तामोड स्थित पाथीभरा सिने प्लाजामा विशेष केन्द्रिय महाधिवेशन गर्ने तयारी गरेको तदर्थ समितिका मोहन राजवंशीले बताए ।

Views: 690

प्रतिक्रिया (०)

सम्बन्धित खबर