Aamsanchar

फोनिज युएईको नयाँ कार्यसमिति घोषणा

Author Image
बुधवार, भदौ १, २०७९


युएई । आदिवासी जनजाति महासंघ युएईले २८ औं विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ सम्पन्न

‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भुमिका’ भन्ने मुल नाराका साथ विश्वभर मनाउन लागिएको २८ औं विश्व आदिवासी दिवस नेपाली दुतावास अबुधावीका राजदुत महामहिम कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्यमा नेपाल आदिवासी जनजाती महासंघ युएईमा आवद्ध ११ मतृ संस्थाहरु तथा नेपाल आदिवासी जनजाति युवा महासंघको संयुक्त आयोजनामा गत आईतवार भव्यताका साथ सम्पन्न भयो ।

नेपाल आदिवासी जनजाति महासं युएईको अध्यक्ष सुश्री बिजया लक्ष्मी राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम प्रमुख अथिती नेपाली दूतावासका महामहिम राजदुत कृष्ण प्रसाद ढकाल दिप प्रज्ज्वल तथा राष्ट्रिय गाना बजाई कार्यक्रमको शुरूवात गरिएको थियो

कार्यक्रममा कोभिड(१९ को महामारीबाट विश्व नै आक्रान्त बनिरहेको समयमा समस्यामा परेका नेपालीहरुलाई राहत तथा उद्धारका निम्ति स्थानिय प्रशासनसंग समन्वय गरि कोभिड प्रभावित नेपाली समुदायको सेवामा अहोरात्र खटनु हुने पासाङ शेर्पा, श्री टंक थापा मगर , अमन थापा मगर , सुनिता थापा मगर , मनोज कुमार श्रेष्ठ , गोपाल श्रेष्ठ लाई ूकोभिड हिरो अवार्ड २०२२ूले सम्मान गरिएको थियो ,

यसैगरी कार्यक्रममा महासंघमा आवद्ध विभिन्न जातिका मौलिक सांस्कृतिक झाकीको प्रदर्शन, हरेक जातिको मौलिकता झल्कने प्रदर्शनी स्टल एवं मौलिक सांस्कृतिक प्रस्तुति रहेको थियो । साथै कार्यक्रममा महासंघमा आवद्ध मातृ संस्थाको सिफारिसमा हरेक संस्थाबाट एक जना महिला र एक जना पुरुषलाई प्रमाणपत्र तथा मायाको चिनो सहित खादा ओडाएर सम्मान गरिएको थियो ।

मिस्टर एण्ड मिस इन्डिजिनियस प्रतियोगिता

बिगत वर्षहरुमा जस्तै यो वर्ष पनि मिस्टर एण्ड मिस इन्डिजिनियस प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
यसपालिको मिस्टर एण्ड मिस इन्डिजिनियको मिष्टर तर्फको उपाधी थारु कल्याणकारीणी सभा युएई प्रतियोगी नम्बर ९ केशब महतो र मिस तर्फको उपाधी किरात राई यायोक्खा शाखा युएई को प्रतियोती नम्बर ४ सिम राई ले जित्न सफल हुनु भयो ।

प्रवासी कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुति रहेको उक्त कार्यक्रममा एक्स्पो २०२० मा नेपाल पेवेलियनको आयोजक आई ई जी ग्रुपले एक्स्पो २०२० अवधीभर विश्व सामु नेपालको मौलिक संस्कृति झल्काई देशको शिर उच्च राख्दै एक्स्पो २०२० मा नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रवासी कलाकारहरुले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

फोनिज युएईको नयाँ कार्यसमितीको घोषणा

नेपाल आदिवासी जनजाती महासंघ युएई ९फोनिज युएई०को फलेन्द्र बलम्पाकी मगरको अध्यक्षतामा गठित १३ सदस्यीय नयाँ कार्यसमितिको समेत सोही अवसरमा घोषणा गरिएको थियो । नवगठित कार्यसमितिको उपाध्यक्षमा तिलक साम्पाङ राई, सचीवमा सुर्य बहादुर खवास, सहसचिवमा पुर्ण बहादुर तामाङ, कोषाध्यक्षमा बुद्ध लिङदेन तथा कार्यसमिति सदस्यहरुमा क्रमशः सन्दिप राना मगर, सुर्य नारायण चौधरी, विष्णु थापा, पेच कुमार सुनुवार, रोशन महतो, सरु सितल राई, अमन थापा मगर र विक्रम तामाङ रहनु भएको छ ।

कार्यक्रमको विषेश अतिथीहरुमा नेपाली दुतावास अबुधावीका नियोग उप(प्रमुख बिशाल भट्टराई, श्रम कन्सुलर दीनबन्धु सुवेदी, द्वितीय सचिव भुवन ओझा रहनु भएको थियो । यसैगरि विशिष्ट अतिथीहरुमा नेपाल आदिवासी जनजाति महासंघ, प्रवास अन्तराष्ट्रीय समन्वय तदर्थ समितीका संयोजक पासाङ शेर्पा, नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल, अन्तराष्ट्रीय नेपाली समाज युएईका अध्यक्ष बाबुराम लोप्चन, प्रवासी नेपाली मंच युएईका अध्यक्ष टक बहादुर गुरुङ, एनआरएनए मध्यपुर्व संयोजक मनोज कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ युएई च्याप्टरका अध्यक्ष लक्ष्मण खनाल रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदुत कृष्ण प्रसाद ढकाल , विशेष अथिती नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल, नेपाली राजदुतवास का नियोग उप(प्रमुख बिशाल भट्टराई, प्रवासी नेपाली मंच युएईका अध्यक्ष टक बहादुर गुरुङ, नेफिन प्रवास अन्तराष्ट्रीय समन्वय तदर्थ समिती संयोजक पासाङ शेर्पाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

विश्व आदिवासी दिवस ९ अगष्टमा मनाईने भए पनि प्रवासमा सबैको अनुकुलतामा नेपाल आदिवासी जनजाती महासघं युएईले हरेक बर्ष आयोजना गर्दै आएको थियो। तर कोभिड ( १९ को महामारीका कारण दुई वर्षको अन्तरालमा यो वर्ष २८ औँ अन्तराष्ट्रीय विश्व आदिवासी दिवसको अवसरमा कार्यक्रम आयोजना भएको कार्यक्रमका संयोजक डम्बर लिबाङ लिम्बुले बताउनु भयो ।

Views: 403

प्रतिक्रिया (०)

सम्बन्धित खबर