Aamsanchar

आफैले घाटीमा खुकुरी प्रहार गरी एक युवकद्वारा आत्महत्या

Author Image
शुक्रवार, भदौ १०, २०७९

सुनसरी- भोजपुरको सानोदुम्बा-५ घर भई धरान-१३ बस्दै आएका ४१ बर्षीय राम बहादुर रम्तेलले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् । बिहिवार बेलुका रम्तेलले ७१ बर्षीय सासु नरमाया भुजेललाई अचानक टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएको र आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटिएर घाईतेलाई उपचारको लागी बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाएको छ।  घटना र मृतकको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 321

प्रतिक्रिया (०)

सम्बन्धित खबर