Aamsanchar

प्रदेश प्रहरीले आत्महत्या रोकथाम र पेट्रोलिङ का लागि अटो रिक्सा पनि प्रयोग गर्ने  

Author Image
शनिवार, भदौ २५, २०७९

बिरानगर । इटहरी उप–महानगरपालिका–६ मा रहेको बजाज सोरुमले १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई बिद्युतिय अटो टेम्पो हस्तान्तरण गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप आज एक कार्यक्रमको आयोजना गरी सोरुमका प्रवन्धक प्रदिप सन्थालियाले चालक सहित ९ सिट क्षमता भएको एउटा बिद्युतिय अटो टेम्पो १ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीलाई हस्तान्तरण गरेका हुन।

कार्यक्रममा बोल्दै सन्थालियाले प्रहरी नागरीकको निम्ति अहोरात्र खटिएको हुनाले हामी सुरक्षित रहेका छौ भन्दै आगामि दिनहरुमा समेत प्रहरीलाई आवश्यक सहयोग गर्दै रहने बताए। कार्यक्रममा प्रदेश प्रमुख गिरीले सोरुमका प्रबन्धक सन्थालियालाई बिशेष धन्यवाद दिदै उक्त बिधुतिय अटो टेम्पो बिशेष गरी आत्महत्या रोकथाम तथा न्युनिकरण अभियानको लागि प्रयोग गरिने साथै प्रहरी गस्ती पेट्रोलिङको लागि पनि परिचालन हुने बताए ।

Views: 127

प्रतिक्रिया (०)