Aamsanchar

प्रमोद खरेलको टिम बजाजको नयाँ बाइक ‘पल्सर एनएस १२५’ लन्चिङ गर्न भोलि बिर्तामोड आउने  

Author Image
सोमवार, भदौ २७, २०७९

बिर्तामोड ।  प्रसिद्ध मोटरसाइकल, स्कुटर उत्पादक कम्पनी बजाजले उत्पादन गरेको नयाँ मोडलको मोटसाइकल ‘पल्सर एनएस १२५’ नेपालमा भोलिबाट लन्चिङ कार्यक्रम सुरु गर्ने भएको छ ।
नेपालमा पहिलो पटक झापाको बिर्तामोड स्थित सिटी सेन्टरमा भोलि बेलुका ५ बजे खल्ला सांगीतिक कार्यक्रम आयोजना गरेर उक्त मोटरसाइकलको लन्चिङ गरिने मेची पावर मोबाइल ट्रेड (बजाज बिर्तामोड) का सञ्चालक मनोज वंशल ले आज पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिए ।

भदौ २८ गते बिर्तामोड, २९ गते इटहरी, ३० गते जनकपुर, ३१ गते नारायणघाट, असोज १ गते बुटवल, २ गते नेपालगञ्जमा सांगीतिक कार्यक्रम गर्दै पल्सर एनएस १२५ लन्चिङ गरिने कार्यक्रम रहेको उनले बताए ।

देशका मुख्य शहरहरूमा हुने लन्चिङ कार्यक्रममा गायकहरू प्रमोद खरेल, टिका प्रसाईं र हास्य कलाकार सुमन कार्कीको प्रस्तुती रहेको जनाइएको छ ।
नेपाली बजार र चाडपर्वलाई लक्षित गरेर कम्पनीले आधाको आधामा फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ । आधाको आधामा भनेको मोटरसाइकलको कुल लागतको चार भागको एक भाग रकम जम्मा गरेर फाइनान्स गर्न सकिने हो । त्यस्तै एउटा मोटरसाइकल खरिदमा ७ हजार छुट व्यवस्था गरेको छ ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनीले एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बुकिङ खुल्ला गरेको हो ।
नेपालभर रहेको बजाजको शोरुम बाट एनएस १२५ बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ भने केही समय पश्चात डेलिभरी सुरु हुनेछ ।
पल्सर सिरिजकै सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ एनएस सिरिजकै बडी डिजाइनमा तयार गरिएको छ । एनएस १२५ मा १२४.४५ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड, २ भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।
एनएस १२५ को अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रो मोनोशक रहेको मोटरसाइलको अगाडि २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक दिइएको छ । कम्बी ब्रेकिङ सिस्टम, १७ इन्चको अलोय ह्वील, १२ लिटरको इन्धन ट्याङ्क, १७९ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ ।

ट्याङगुलर हेलोजिन हेडल्याम्प, सेमि डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, एलइडी टेल ल्याम्प, वल्व इन्डिकेटर जस्ता विशेषता बजाजले एनएस १२५मा दिएको छ ।
बजार बिर्तामोड २०५७ सालदेखि स्थापना भएर हालसम्म भरपर्दो सेवा प्रदान गर्दै आएको उपभोक्ताहरुको भनाई रहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
10
+1
1
+1
2
+1
0
+1
0
+1
1
+1
0
Views: 1842

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य बढ्यो
बिहिवार, मंसिर ६, २०८१
आज सुनको मूल्य
बुधवार, मंसिर ५, २०८१