Aamsanchar

यस्ता छन् डेंगीका लक्ष्यण, उपचार नभए मृत्युको जोखिम

Author Image
बिहिवार, भदौ ३०, २०७९

काठमाडौं – पछिल्लो तीन महिनायता नेपालमा डेंगी संक्रमण प्रकोपको रुपमा फैलिइरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशहाखाका अनुसार १३ सेप्टेम्बरसम्म संक्रमितको संख्या एघार हजार ६५ पुगेको छ भने नौजनाको मृत्यु भएको छ ।

डेंगी सार्ने एडिस जातको पोथी लामखुट्टे बिहान घाम उदाएको दुई घण्टापछिसम्म र साँझ घाम अस्ताउनुभन्दा २ घण्टाअघि बढी सक्रिय हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार डेंगी संक्रमण भएका ८० प्रतिशत व्यक्तिहरुमा सामान्य लक्षण देखिने तथा लक्षण नै नदेखिने हुन्छ । बाँकी २० प्रतिशतमध्ये पनि १ प्रतिशत संक्रमितलाई मात्रै कडा लक्षण देखिन्छ, जसलाई सिभियर डेंगी भनिन्छ ।

सामान्यतया उच्च ज्वरो (१०४ डिग्री फरेनहाइटसम्म) आउनु, टाउको तथा आँखाको पछाडिको भाग धेरै दुख्नु, शरीरका विभिन्न भागहरु असह्य हुनेगरी दुख्नु, वान्ता आउनु, ग्रन्थीहरु सुन्निनु डेंगीका लक्षण हुन् ।

यस्ता लक्षण भएका संक्रमित साधारणतया सात दिनभित्र निको हुनछन् । तर, सिभियर डेंगी संक्रमितको तत्काल उपचार नभए मृत्युसमेत हुनसक्छ ।

यी हुन् सिभियर डेंगी संक्रमणका लक्षणहरु 

पेटको अत्यधिक दुखाइ
निरन्तर वान्ता हुनु
श्वासप्रश्वासमा समस्या आउनु
नाक तथा गिजाबाट रक्तश्राव हुनु
बिरामी अति कमजोर हुनु
कलेजो सुन्निनु
दिसा वा वान्ता गर्दा रगत आउनु 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 350

प्रतिक्रिया (०)