Aamsanchar

चालीस लाख मूल्य बरावरको अवैध लत्ताकपडा सहित ट्रयाक्टर नियन्त्रण

Author Image
मङ्गलवार, असोज ४, २०७९

मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१२ बाट प्रहरीले राजश्व चुहावट गरी लत्ताकपडा ल्याउदै गरेको अवस्थामा ट्रयाक्टर सहित नियन्त्रणमा लिएको छ । हिजो बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बिराटनगरको रोडशेष चोकबाट बि.आर.३८ बी २३७८ नम्वरको भारतीय ट्रयाक्टरमा राजश्व चुहावट गरी लत्ताकपडा ल्याउदै गरेको अवस्थामा ट्रयाक्टर सहित करिव ४० लाख मुल्य बरावरको सामान बरामद गरेको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नविनराज राईले आमसंचारलाई बताए।

बरामद गरिएका लत्ताकपडा, ट्रयाक्टर र चालक जहदा गाउँपालिका१ का रमेश यादव समेतलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर