Aamsanchar

ईलाका प्रहरी कार्यालय बेलवारीको नव निर्मित भवनको उद्घाटन

Author Image
मङ्गलवार, असोज ११, २०७९

विराटनगर । ईलाका प्रहरी कार्यालय बेलवारीको नव निर्मित कार्यालय भवनको उद्धाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले भवनको उद्धाटन गर्नु भएको हो ।

भवन उद्धाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भयो भने मात्र सयौं नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र ब्यवस्थित बनाउन प्रदेश सरकार हरदम तयार रहेको बताउनु भयो । मन्त्री कार्कीले प्रहरी चौकीका भवन मात्रै नभएर विकासका हरेक गतिविधि संघीयता संगै चलायमान हुँदै गएको बताउनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कांशीराज दहालले सुरक्षाका लागि प्रदेश सरकारले महत्वपूर्ण काम गरेको बताउनुभयो । प्रदेश सरकार आएपछि प्रहरीको सुरक्षाका साथै भवनको निर्माण तथा व्यवस्थापन अनुभूति हुने गरि गरेको बताउनुभयो ।

१ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताउनु भयो ।

प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित २ करोड २९ लाख १३ हजार २ सय ७६ रुपैया २५ पैसाको लागतमा साँढे २ तले कार्यालय भवनको निर्माण भएको हो । कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु, नागरीक समाजका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मी, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।

 

Views: 347

प्रतिक्रिया (०)