Aamsanchar

७ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार गर्ने २१ वर्षीय पुरूष पक्राउ

Author Image
बुधवार, असोज १२, २०७९

विराटनगर – मोरङको लेटाङ नगरपालिका–२ मा ७ वर्षीया नाबालिकामाथि मंगलबार साँझ यौन दुर्व्यवहार भएको छ । लेटाङ–२ का २१ वर्षीय विशाल रम्तेलले साँझ ७:३० बजेतिर दुर्व्यवहार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।उनका अनुसार मदिरा सेवन गरेर नाबालिकालाई यौन दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले रम्तेललाई नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 278

प्रतिक्रिया (०)

सम्बन्धित खबर