Aamsanchar

कमेडी च्याम्पियन हिमेश पन्त प्रतिनिधि सभाको चुनावमा लड्ने

Author Image
बुधवार, असोज १२, २०७९

काठमाडौं – कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्त आगामी प्रतिनिधि सभाको चुनावमा लड्ने भएका छन्। पन्तलाई रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्न लागेका हुन्।  उनले धादिङ-१ बाट चुनाव लड्ने तयारी थालेका छन्।

मंसिर ४ गते हुने निर्वाचनमा भाग लिने कलाकार बढ्दै गएका बेला पन्तको नाम पनि थपिएको हो। उनी धादिङकै स्थानीय वासिन्दा हुन्।

​पन्तसहित यसअघि नै कुमार कट्टेल, मधुसुदन पाठक, शिव शंकर रिजाललगायतका हाँस्य कलाकार तथा रेखा थापा, मनोज पण्डित, रोज राणा, गणेश उप्रेती लगायतका फिल्मकर्मी पनि  चुनावमा उठ्ने तयारीमा छन्।

Views: 253

प्रतिक्रिया (०)

सम्बन्धित खबर