Aamsanchar

निर्वाचन समन्वय र जिल्ला कमिटीको निर्णय विरुद्धमा ओली, भीम रावलले टिकट पाएनन

Author Image
शुक्रवार, असोज २१, २०७९

फायल फोटो गुगलबाट

काठमाडौँ  । अछाम १ बाट सर्वसम्मत रुपमा सिफारिस भएका पूर्वउपाध्यक्ष भीम रावललाई नेकपा एमालेले प्रतिनिधिसभाको टिकट नदिने भएको छ । निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बनाउनका लागि प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटी र अछाम जिल्ला कमिटीले रावलको नाम एकल सिफारिस गरेर पठाएको थियो । रावलको स्थानमा एमालेले झपट बोहोरालाई टिकट दिएको छ ।

बोहोरा माओवादी केन्द्रबाट एमालेमा आएका नेता हुन् । सुदूरपश्चिम प्रदेशसभाका सांसद रहेका बोहोरा प्रदेश सरकारको अर्थमन्त्री रहेका थिए ।
२०७७ फागुन २३ मा नेकपा एकता प्रक्रिया खारेज गर्ने भएकालेको निर्णयपछि माओवादी केन्द्रमा नफर्की बोहोरा एमाले बसेपछि पार्टीले सांसद सदस्यबाट हटाएको थियो ।

१० बुँदे सहमतिपछि एमालेको रहेका रावलले मंसिरमा भएको एमालेका १० औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धा गरेका थिए । रावलको भूमिकालाई लिएर ओली असन्तुष्ट रहँदै आएका थिए ।

अछामको नेताहरुसँग भेटमा पनि अध्यक्ष ओलीले रावलको एकल नाम सिफारिसबारे उम्मेदवारीको विषयमा चासो राखेका थिए । रावलले २०५१, २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा अछाम १ बाट निर्वाचित भएका थिए । रावल पछिल्लो समयमा ओलीको आलोचकका रुपमा रहेका थिए ।

Views: 333

प्रतिक्रिया (०)