Aamsanchar

प्रदेश १ मुख्यमन्त्रीका लागि बिर्तामोडकी रोमादेवी निरौलाको नाम प्रस्थाव

Author Image
आइतवार, असोज २३, २०७९

बिर्तामोड ।  मौलिक जरोकिलो पार्टीले योग प्रशिक्षक रोमादेवी निरौलालाई प्रदेश १ को मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको छ । आज सम्पन्न उम्मेदवार घोषणा कार्यक्रममा उक्त निर्णय सार्वजनिक गरिएको हो ।

झापा बिर्तामोड निवासी निरौला शिक्षित, प्रशिक्षित र दीक्षित व्यक्तित्व भएको बताईएको छ । निरौलाले झापा जिल्ला निर्वाचन क्षेत्र नं २ (क) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्यको उम्मेदवारका रूपमा मनोनयन दर्ता गर्ने छिन। पार्टीको केन्द्रीय समिति सदस्य रहेकी निरौला मौलिकताको पक्षमा प्रखर रूपमा लागेकी नेताको रूपमा लिने गरिन्छ ।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै प्रदेश १ अध्यक्ष इन्द्रप्रसाद ओलीले मौलिक जरोकिलो पार्टी मात्रै वास्तविक महिलामैत्री पार्टी रहेको कुरा बताए । अन्य पार्टीहरूले कोटा पुर्याउन मात्रै महिलालाई अघि सार्ने गरेको तर मौलिक जरोकिलो पार्टी मातृशक्तिको सम्मान गर्ने शक्ति रहेको उनको दावी गरे ।

मौलिक जरोकिलो पार्टीले भावी प्रधानमन्त्रीको रूपमा भक्तपुरका वरिष्ठ उपाध्यक्ष बलराम प्रजापतिलाई प्रस्ताव गरिसकेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा सावित्री गिरीलाई प्रस्ताव गरेर निर्वाचनमा होमिएको छ।

Views: 595

प्रतिक्रिया (०)