Aamsanchar

कमल थापालाई टिकट दिएको विरोधमा एमाले कार्यालयमा तालाबन्दी

Author Image
आइतवार, असोज २३, २०७९

हेटौंडा – नेकपा एमालेका कार्यकर्ताहरुले जिल्ला कार्यालय मकवानपुरमा तालबन्दी गरेका छन् ।

राष्ट्रिय सभा सदस्य समेत रहेका एमाले नेता रामचन्द्र राईले पार्टीले गलत निर्णय गरेकाले कार्यकर्ताले विरोध जनाएको बताए ।एमालेले मकवानपुर १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रतिनिधि सभा चुनावमा समर्थन गर्ने निर्णय गरेको थियो ।एमालेले यो क्षेत्रबाट जिल्ला इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य रामेश्वर रानालाई उम्मेदवार तोकेको थियो । तर अन्तिममा उनलाई फिर्ता गरेर कमल थापालाई समर्थन गर्ने निर्णयमा एमाले पुगेको थियो ।एमाले कार्यकर्ताले मकवानपुरले थापाको जनमत नभएको भन्दै उनलाई उम्मेदवार बनाउन नहुने बताएका छन् ।

Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर