

दमक । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका युग पाठकले पुतली चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले बुधबार आफुलाई पुतली चुनाव चिह्न दिएको उम्मेदवार पाठकले बताए ।

झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली बलिया उम्मेदवार मानिन्छन् । त्यस्तै सो क्षेत्रमा सत्ता गठबन्धनको समर्थनमा कांग्रेसका खगेन्द्र पाण्डव अधिकारी प्रतिस्पर्धा गर्दैछन् । झापामा धेरै तिर स्वतन्त्र उम्मेदवारहरुको चर्चा छ ।
Views: 256

