Aamsanchar

गौबतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु नपाएपछि जजिराले कटौती गर्‍यो उडान

Author Image
मङ्गलवार, कार्तिक १, २०७९

काठमाडौं । जजिरा एयरवेजले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान कटौती गरेको छ । पर्याप्त यात्रु नपाएको भन्दै जजिराले उडान कटौती गरेको हो ।

जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलबाट दैनिक एक उडान गर्दै आइरहेको थियो । अब जजिराले हप्तामा सातै दिन उडान नगर्ने, तत्काललाई दिन बिराएर उडान गर्ने गरी उडान तालिका समायोजन गरेको छ । जजिराले हप्तामा ३ उडान गर्दै आएकोमा १६ सेम्टेम्बरदेखि दैनिक उडान गर्न थालेको थियो ।

जजिराले सात दिन नै उडान गर्ने तालिक रद्ध गरिनसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

नेपालबाट कुवेतका लागि उड्ने यात्रु कम भएकाले यात्रुको उपलब्धताका आधारमा उडान संख्या घटाउने जानकारी गराएको छ । ‘विदेश उड्ने यात्रु कम भएकाले यस्तो अवस्था आएको हो,’ प्रवक्ता भुलको दाबी छ,’भिसा स्ट्याम्पिङ, मेडिकल र नयाँ श्रम स्वीकृति दिने काम भैरवहाबाट नभएकाले यस्तो अवस्था आएको हो ।’

भुलका अनुसार यात्रु पाएका सात दिन नै उडान गर्न जजिरा तयार छ ।

गौबतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झा जजिराले उडान कटौती गरेपनि विमानस्थल नियमित सेवमा रहने बताउँछन् । आफूहरु अन्य एयरलाइन्सले पनि विमानस्थलमा उडान थाल्ने प्रतिक्षामा रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर