Aamsanchar

विराट बहुउद्देश्यीय को शेयर पूँजी ६ करोड ७२ लाख माथी

Author Image
बिहिवार, कार्तिक ३, २०७९

बिर्तामोड । विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडको शेयर पूँजी ६ करोड ७२ लाख ३१ हजार ९०० रुपैयाँ पुर्याउन सफल भएको छ ।

संस्थाको १७ औं वार्षिक सभाको पूर्व सन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाका अध्यक्ष मोहन सिवाकोटीले प्रतिवेदन सार्वजनिक गर्दै सहकारीले वर्षभरी गरेका गतिविधिका विषयमा जानकारी गराएका थिए । गतवर्ष १ करोड ५४ लाख ६३ हजार २६५ रुपैयाँ जगेडा कोषमा   रकम जम्मा गरेको सहकारीले यस वर्ष १ करोड ७५ लाख ९९१ रुपैयाँ जगेडा कोषमा राख्न सफल भएको अध्यक्ष सिवाकोटीको भनाई छ ।

सहकारीले सदस्य स्वास्थ्य उपचार सहयोग कोष मार्फत ५० जना सदस्यको स्वास्थ्य उपचारमा ८ लाख १९ हजार ५०० रुपैयाँ सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै ११ जना सुत्केरी पोषण खर्च वापत ५५ हजार ५५ रुपैयाँ, दुई जना सदस्यको  मृत्यु भएपछि सदस्य काजकिरिया खर्च वापत ४० हजार १० रुपैयाँ सहयोग प्रदान गरेको छ ।

सहकारीले काजकिरिया सरहे खर्च बापत २९ जनालाई ३ ला १२५ रुपैयाँ र सामाजिक उत्तरदायित्व अन्तरगत ४६ हजार ५०० रुपैयाँ सहयोग प्रदान गरेको बताइएको छ ।

झापाको बिर्तामोड नगरपालिका ३ स्थित बिर्ताबजारमा सञ्चालनमा रहेको सहकारीको सेवा केन्द्र बिस्तारको काम यसै आर्थिक वर्षभित्र गरिने संस्थाका प्रबन्धक रुद्रप्रसाद सिटौलाले बताए । सबै सदस्यको पहुँचमा सेवा पुर्याउनका लागि सुलभ सहकारी पसल, प्रविधिमैत्री डिजिटल भुक्तानी, मोबाइल बैंकिङ, एसएमएस, क्यू आर कोड सेवा बिस्तार गरिने संस्थाको लक्ष्य रहेको बताइएको छ । संस्थाका उपाध्यक्ष स्व। पर्शुराम सिटौलाको नाममा स्थापित १११११ रुपैयाँ पुरस्कार राशीको पर्शुराम स्मृति पुरस्कार सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने एकजना ब्यक्तिलाई साधारणसभा को अवसरमा शुक्रबार प्रदान गरिने बताइएको छ । सहकारीले उत्कृष्ट बचतकर्ताको रुपमा गणेश उप्रेती, ऋणी कुमारी कार्की बस्नेत, कर्मचारी शान्तादेवी सेडाई सिटौलालाई समेत सम्मान गर्ने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 378

प्रतिक्रिया (०)

सम्बन्धित खबर