

नेपाली बजारमा यथेष्ठ पुर्याएर लक्ष्मीपूजाको दिन नेपाल विद्युत् प्राधिकरणले भारतलाई समेत बिजुली बेचेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन नेपालमा १३०५ मेगावाट बिजुली खपत भएको थियो । सोमबार प्राधिकरणले ३८० मेगावट बिजुली भारतीय बजारमा पठाएको हो ।
नेपाली बजारमा सबैभन्दा बढी माग ६ बजेर १० मिनेट जाँदा भएको प्राधिकरणले जनाएको छ । सोमबार २ सय मेगावट बिजुली स्पिल भएको पनि प्राधिकरणले जानकारी दिएको छ ।

भारतलाई यसअघि नै बेच्दै आइएको बिजुलीको निरन्तरतास्वरुप सोमबार पनि बिजुली बेचिएको हो ।
२०७३ साल लक्ष्मीपूजाको दिन नेपालमा लोडसेडिङ अन्त्य भएको घोषणा गरिएको थियो । त्यति बेला नेपाल विद्युत् प्राधिकरणको निर्देशक कुलमान घिसिङ बनेका थिए ।
Views: 263


