के दहीमा पाइने पोषक तत्वले रुघाखोकी र फ्लूसँग लड्न मद्दत गर्छ ?
दहीमा पाइने आवश्यक पोषक तत्वले चिसोसँग लड्न मद्दत गर्छ । एक कप दहीमा वयस्कको दैनिक आवश्यकता अनुसार ८ मिलिग्राम जिंक हुन्छ । जिंक प्रतिरक्षा प्रणाली स्वस्थ राख्नको लागि आवश्यक छ। जब प्रतिरक्षा प्रणाली बलियो हुन्छ, यी साना समस्याहरू चाँडै हट्छन्। दही भिटामिन ए, क्याल्सियम र पोटासियमसँगै ऊर्जाको लागि कार्बोहाइड्रेटको राम्रो स्रोत हो । यसमा पाइने केही अन्य तत्वहरूले अन्य तरिकामा चिसोलाई मद्दत गर्दछ ।
यसमा पाइने धेरै प्रकारका पौष्टिक तत्वहरूले शरीरको पोषणको आवश्यकता पूरा गरी चिसोको लक्षणबाट छुटकारा दिन्छ । यसमा रहेको राम्रो ब्याक्टेरियाले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ र चिसोसँग लड्न मद्दत गर्छ । यसका बाबजुद पनि चिसोमा दही खानु हुँदैन भन्ने जनविश्वास रहेको छ ।
चिसोमा दही खाँदा कसैलाई अलि सहज हुन्छ भने कसैलाई थप गाह्रो बनाउँछ । यस्तो अवस्थामा यसको सेवन पूर्णतया तपाईको रोग प्रतिरोधात्मक क्षमतामा निर्भर गर्दछ । यदि तपार्इं दही नखाई रुघाखोकीका लक्षणहरू कम गर्न चाहनुहुन्छ भने आफ्नो आहारमा धेरै तरकारी, फलफूल र सलाद समावेश गर्नुहोस् । यसबाट शरीरलाई पोषण दिनुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि मजबुत हुन्छ । शरीरलाई हाइड्रेटेड राख्न फलफूलको जुस र सूप पिउनुहोस् । चिसो र घाँटी दुखाइबाट छुटकारा पाउन अदुवा, तुलसी, बेसार र मह मिसाएको तातो पानी खान सक्नुहुन्छ ।