Aamsanchar

नेपाल जेसीजको नेशनल लेडी एकाडेमी बिर्तामोडमा हुने

Author Image
मङ्गलवार, मंसिर ६, २०७९

बिर्तामोड । वीरता लेडी जेसीजको आतिथ्यता र नेपाल जेसीजको आयोजनामा १५ औैं नेशनल लेडी एकाडेमी झापाको बिर्तामोडमा हुने भएको छ ।

एकेडेमी यही मंसिर ९ र १० गते हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत बताइएको छ ।

व्यक्तित्व, नेतृत्व विकास, व्यवसायिक सञ्जाल विस्तार, महिला सशक्तीकरण र आपसी सम्बन्ध र सदभाव विकास सम्बन्धी हुने एकेडेमीमा नेपाल जेसीजका पूर्व अध्यक्ष भोलेश्वर दुलाल र उषा मल्ल सिंहले प्रशिक्षण दिने आतिथ्य शाखा वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले बताइन ।

उद्घाटन कार्यक्रममा राष्ट्रियसभा सदस्य माननीय गोपाल कुमार बस्नेतको प्रमुख आतिथ्यता  रहने एकाडमी डाइरेक्टर कञ्चना सिटौलाले जानकारी दिएकी छन् ।

देश भरीका १७४ वटा जेसीज शाखा मध्येबाट ७० जना भन्दा धेरै जेसीज महिला हरुको एकाडमीमा सहभागिता रहने  नेपाल जेसीज निरूपित उपाध्यक्ष कुमारसिंह सावाँले बताए ।

पूर्वमा बाँहुन्डागी देखि पस्चिमाको महेन्द्र नगरबाट सहभागीहरू आउने भएका छन् । नेपाल जेसीजले हरेक वर्ष आयोजना गर्ने राष्ट्रिय कार्यक्रम  झापामा पहिलो पटक आयोजना हुन लागेको हो ।

देशभरीमा जेसीजको १९ वटा लेडी शाखा हरु रहेको छ । हाल नेपाल जेसीजको विभिन्न शाखामा अध्यक्षको जिम्मेवारी ३५ जना महिलाहरूले सम्हाली रहेका छन् ।

जेसीज एक अन्तराष्ट्रिय संस्था हो । जेसीजले  मूल चार वटा क्षेत्रलाई प्राथमिकतामा राखेर आफ्नो गतिविधि गर्दै आएको छ । जसमा व्यक्तिगत विकास, सामाजिक, व्यवसायिक र अन्तर्राष्ट्रिय रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)