Aamsanchar

शहरी विकासमन्त्री चौधरीले २५ हजार जरिवाना बुझाए

Author Image
सोमवार, मंसिर १९, २०७९

काठमाडौं : निर्वाचन आचारसंहिता उल्लंघन गरेका शहरी विकासमन्त्री मेटमणि चौधरीले  जरिवाना बुझाएका छन् ।दाङ–१ स्थित निर्वाचन क्षेत्रमा आचारसंहिता विपरीत बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित पार्न खोजेको भन्दै निर्वाचन आयोगले चुनावअघि स्पष्टिकरणसहित २५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

मन्त्री चौधरीले जरिवाना रकम बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। चौधरी जरिवाना बुझाउने पहिलो बहालवाला मन्त्री हुन् ।

आयोगले स्वास्थ्यमन्त्री भवानी खापुङलाई पाँच हजार जरिवाना गरे पनि बुझाएका छैनन् ।

Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर