Aamsanchar

राप्रपाको समानुपातिकतर्फ जबराको नाम टुंगो

Author Image
शनिवार, मंसिर २४, २०७९

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रतिनिधिसभाको समानुपातिकतर्फ पुरुषमा नेता पशुपतिशमशेर जबराको नाम टुंगो लगाइएको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट पहिलो पुरुषमा जबराको नाम टुंगो लगाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ दोस्रो पुरुषको नामका विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्रलाई लिङ्देनले दिइएको उनले बताए ।

राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट सात सिट जितेको छ । त्यसमध्ये पाँच महिला सांसद हुनेछन् ।

Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर