Aamsanchar

पोखरामा ‘चिया पिउदै समाज सेवा’ अभियान सुरु

Author Image
शुक्रवार, पौष १, २०७९

पोखरा ।  पहिलो पाइला नेपाल पोखरा शाखाको आयोजना र धौलागिरी सम्पर्क समाज पोखरा विश्वविद्यालय सहयोगी संस्थाको भुमिकामा रहेर अयोजना भएको ‘चिया पिउदै समाज सेवा’ अभियान बिहिबार पोखरा विश्वविद्यालयबाट सुरु भएको छ ।

अभियान नौलो र औचित्य पूर्णको रहेकाले पहिलो पाइला नेपालका कार्यसमिति सदस्य साथै धौलागिरी सम्पर्क समाजका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । अभियानलाई नागरिक समाज, सर्वसाधारणको तर्फबाट राम्रो समर्थन रहेको पाईएको  धौलागिरी सम्पर्क समाजका सचिब बिकाश जंग कुवरले बताए ।

कार्य्रक्रममै कुवरले पहिलो पाइलाका संयोजक समियुन निशालाई उठेको कुल रकम २३,८४० हस्तान्तरन गराएका थिए।

यस अभियान बाट उठेको रकम गरिब तथा विपन्न वर्गका बालबालिकालाइ जाडोमा न्यानो कपडा वितरणमा र बालबालिकालाई र क्यान्सर पीडित हिमा कुमारी आलेलाई सहयोग गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 5

प्रतिक्रिया (०)