Aamsanchar

 कुर्था–जयनगर रेल सेवा, मासिक आम्दानीको दोब्बर घाटामा 

Author Image
सोमवार, पौष ४, २०७९

नेपालमा रेल सञ्चालन हुदाँ देश आर्थिक समृद्धि तर्फ माथि उठ्छ भन्ने धेरै नागरिकको सोच रहेको हुन्छ । सरकार र दलका नेताहरूले विकास भित्र्याएको भनेर श्रेय लिनको लागि आर्थिक घाटा चुनौती जानीजानी वा नजानेर बेवास्ता गर्ने गरेका धेरै विकास योजना नेपालमा रहेको पाइन्छ । त्यस्तै एउटा परियोजना हो रेल सञ्चालन नेपालमा सन् १९२७ मै पहिलो पटक रेल सेवा शुरु भएको भए पनि अहिले धनुषाको कुर्था देखि भारतको जयनगरसम्म ३५ किलोमिटर मात्र रेल सेवा सञ्चालनमा छ।

देशभित्र दक्ष जनशक्ति नभएका कारण भारतबाट रेल चलाउनका लागि कर्मचारी ल्याइएको रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ।

भारतीय कम्पनीलाई मासिक १ करोड ४३ लाख रुपैयाँ तिर्नु पर्ने रेल्वे कम्पनीको मासिक आम्दानी लगभग ६५ लाख मात्र छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर