झापा- मिस तामाङ वर्ल्ड प्रतियोगिता २०२२ हुने भएको छ । तामाङ फाउण्डेसनले आइतबार बिर्तामोडमा गरेको पत्रकार सम्मेलनमा कार्यक्रम बारे जानकारी दिएको हो । विगतमा मिस तामाङ प्रतियोगिता हुँदै आएकामा गत बर्ष देखि संसारभरिका तामाङ युवतीको प्रतिनिधित्व गराउनका लागि मिस तामाङ वर्ल्ड गर्न थालिएको मिस तामाङ् वल्ड फाउनडेसनका अध्यक्ष मिलन माक्तानले बताए । तामाङ जातिको धर्म, कला, संस्कृति, भाषा, भेषभूषा, बाजा, रीतिरिवाजलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएकोे जानकारी दिएको छ । सन् २००६ देखि निरन्तर रुपमा आयोजना हुँदै आएको मिस तामाङ नेपालको आधिकारिक आयोजक संस्थाको समय सापेक्ष नविनतम सोचका रुपमा प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।
मिस तामाङ वर्ल्ड विजेतालाई विश्वभरिकै मिस तामाङ सुन्दरी मानिनेछ । प्रतियोगितामा सहभागीका लागि तामाङ जातिको १६ देखि २८ वर्ष उमेर समूह, कम्तीमा दश जोड उत्तीर्ण हुनुपर्ने उल्लेख छ ।
प्रतियोगिताका लागि यही पौष १५ गतेसम्म अनलाइन फाराम आवेदन माग गरिएको छ । अडिसन पौस १९ गते देखी २१ गते सम्म सिक्किम, सिलिगुडी र काठमाडौंमा प्रत्यक्ष अडिसन हुनेछ । साथै अन्य ठाउँको लागि भर्चुअल अडिसन हुनेछ ।
विजेताले १० लाख रुपैँया पुरस्कार प्राप्त गर्नुका साथै क्राउन पहिर्याइने छ । विस्तृत जानकारीका लागिWWW.misstamangworld.com मा लग इन गर्न सकिनेछ । प्रत्यक्ष फर्म भर्न साधना कलाकेन्द« कमलादिमोड, पुतलीसडक काठ्मांडौ मा र ९८५१०२३५७६ (नेपाल )तथा भारतमा ९६१४८७०७१७ मा सम्पर्क गर्न सकिने छ । तालिमका लागि कुनै शुल्क नलाग्ने बताईएको छ ।सन् २००६ देखि मिस तामाङ नेपाल प्रतियोगिता हुँदै आइरहेको छ । सन् २००६ मा मिस तामाङ भएकी जेनिशा मोक्तान सन् २००९ की मिस नेपाल भएकी थिइन् ।
फाउण्डेशनका अध्यक्ष मिलन मोक्तानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रदेश नं. १ का सांसद गोपाल तामाङ, रोङ गाउँपालिकाका अध्यक्ष सुवास स्याङ्वो तामाङ, ‘मिस तामाङ वर्ल्ड २०२१’ (पहिलो सिजन)की बिजेता साङ डोमा तामाङ लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो । भारत सिक्किमकी साङ डोमाले आफुले मिस तामाङ वर्ल्ड भएपछि आफ्नो धर्मसंस्कृति, भाषा, भेषभूषा, पहिचानका लागि ‘एक घर एक डम्फू’ अभियान सञ्चालन गरिरहेको बताउनुभयो । डम्फु र टुङनालाई विश्वभर चिनाउने उदेश्यले अभियानको शुरुवात गरेको उहाँको भनाई थियो ।
फाउण्डेशनका महासचिव केवल तामाङले स्वागत गरेको कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष सुरेन्द्र मोक्तान, फाउण्डेशनका कोषाध्यक्ष अदिप तामाङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तिलक योञ्जनले गर्नुभएको थियो । कार्यक्रममा सांसद तामाङ, रोङ गाउँपालिकाका अध्यक्ष स्याङ्वो र संगित साधक कृष्ण योञ्जनलाई बधाई तथा शुभकामना स्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।