

झापा । झापाको कचनकवल गाउँपालिका कुटीकी एक महिलाको आगोमा जलेर मृत्यु भएको छ ।
आज बिहान १०ः ३० बजे घर बाहिर पराल बालेर आगो ताप्ने क्रममा ७० वर्षीया हेमप्रभा माझीको शरीरमा आगो लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगोले जलेर घाईते भएकी माझीको उपचारको क्रममा प्रादेशिक भद्रपुर अस्पतालमा दिउसो १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बसन्त पाठकले बताए ।

घटनाको बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Views: 115

