

झापा- प्रहरीले झापाको मेचीनगरबाट कपडा बरामद गरेको छ । भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल भित्राइएको ७३ हजार ८ सय मुल्य बराबरको कपडा बरामद गरिएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा र प्रहरी चौकी सतीघट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार राती ११ बजे मेचीनगर नगरपालिका- ७ स्थित बगान छेउबाट सो मुल्य बराबरको साडी, थान लगायतका कपडा बरामद गरेको हो । बरामद गरिएको कपडालाई आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
Views: 156

