Aamsanchar

श्रीमती संघको सकृयतामा न्यानो कपडा बितरण

Author Image
शनिवार, पौष ३०, २०७९

बिराटनगर। बिराटनगर महानगरपालिका–१६ स्थित मुसहरी बस्तिमा १ नम्वर प्रदेश प्रहरी श्रीमती संघको सकृयतामा साना बालवालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ । आज बिहान १ नम्वर प्रदेश प्रहरी श्रीमती संघको अध्यक्ष कल्पना गिरी, महासचिव अजिता देवकोटा बास्तोला तथा संघका पदाधिकारीहरुद्वारा गरिव तथा असाह् परिवारका ६० जना बालवालिकाहरुलाई न्यानो कपडा (ट्रयाक सुट) बितरण गरिएको हो । न्यानो कपडा बितरण कार्यक्रमका सहयोगी सामाजिक अभियान्ता राहुल भट्टराई तथा उषा गिरी समेतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर