Aamsanchar

भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठायाे

Author Image
सोमवार, माघ २, २०७९

काठमाडौं – भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ ।

नयाँ सूचीअनुसार पेट्रोलको मूल्य बढेर आएकाे छ ।

निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको जानकारी दिनुभयाे ।

उहाँका अनुसार डिजेल भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो ।

Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य
शुक्रवार, फागुन ८, २०८२
बढ्यो अण्डाको मूल्य
बुधवार, फागुन ६, २०८२