Aamsanchar

हरिकूल नमुनाले भानुभक्तलाई दियो १२ थान डेक्सबेन्च 

Author Image
मङ्गलवार, माघ १०, २०७९

कनकाई । कनकाई –३ सुरुंंगामा रहेको श्री हरिकूल नमुना माध्यमिक विद्यालयको सहजीकरण र लायन्स क्लब अफ कनकाईको आयोजनामा झापा गाउँपालिका स्थित एक सामुदायिक विद्यालयलाई डेक्स बेन्च उपलब्ध गराइएको छ ।

हरिकूलले झापा गाउँपालिका–३ मा रहेको भानुभक्त आधारभूत विद्यालयलाई १२ थान डेक्स बेन्च उपलब्ध गराएको हरिकुलका सञ्चालक तथा लायन्स क्लब कनकाईका पुर्व अध्यक्ष साजन थापाले जानकारी दिए ।

डेक्सबेन्च उपलब्ध गराउन बिर्तामोडका लायन अनन्तलाल महत्तो लगायातको समन्वय रहेको थियो ।

हरिकुल नमूना सामाजिक कार्यमा पनि अग्रसर देखाउदै आएको छ । बालबालिकाहरूलाई पाठ्यक्रम सँगै सामाजिक र नैतिक शिक्षामा जोड दिने गरेको छ । 
 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
8
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)