Aamsanchar

वडाध्यक्षको रचनात्मक काम, बुद्धशान्ति १ मा तीन ठाउँमा फलैचा

Author Image
आइतवार, माघ १५, २०७९

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले वडाका तीन ठाउँमा फलैचा निर्माण गरेको छ ।

विकासक्रममा रहेका ठाउँहरू छनौट गरि ब्यवसायिक ठाउँको बिस्तार गर्न, चोक क्षेत्रका नागरिक भेला भएर भलाकुसारी गर्न, विश्रामालय तथा प्रतीक्षालयको रूपमा प्रयोग हुने गरि फलैचा निर्माण गरिएको वडा अध्यक्ष अनिल वाग्लेले बताए ।

३ लाख रूपैयाँको बजेटमा ती फलैचा निर्माण गरिएको वडाले जानकारी दिएको छ । वडाको शान्ति चोक, होक्से चोक र मगर चोकमा फलैचा निर्माण गरिएको हो । फलैचा, विश्रामालय, प्रतिक्षालय हरु विस्थापित हुँदै गएको अवस्थामा बुद्धशान्ति १ का वडाध्यक्षले फलैचा निर्णय गराएर रचनात्मक कार्य गरेको स्थानी सरोज सुवेदीले बताए । उनले भने ‘देख्दा सामान्य योजना भएपनि नागरिकको लागि दैनिक प्रयोगमा आउने यस फलैचाले सामाजिक महत्व राख्ने छ ।’

फलैचा निर्माण गरिएको क्षेत्र आसपासमा व्यवसायिक सटर निर्माण गरि व्यवसायिक कारोवार गर्न सकिने गरि वडाले ती ठाउँमा फलैचा बनाएको हो । वडाले हरेक बर्ष फलैचा निर्माण गर्ने योजना बनाएको वडाध्यक्ष वाग्लेले बताए ।

Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर