Aamsanchar

वीरता जेसीजको ४२ औं साधारणसभा तथा अधिवेशन बिर्तामोडमा हुदै 

Author Image
सोमवार, माघ १६, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको वीरता जेसीजको ४२ औं वार्षिक साधारणसभाको खुल्ला सत्र आज सम्पन्न गरेको छ । यो समाचार तयारपार्दा सम्म बन्दसत्र भइरहेको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघको अतिथि सदनमा वीरता जेसीजका अध्यक्ष प्रविण खड्काको अध्यक्षता र पूर्व अध्यक्ष राजकुमार पोखरेलको प्रमुख आतिथ्यमा खुल्लासत्र समापन भएको हो ।

उद्घाटन समारोहमा प्रमुख अतिथि पोखरेल, विशेष अतिथि नेपाल जेसीजका उपाध्यक्ष अनुप सुनुवार, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बा, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेको थिए ।

साधारणसभामा कार्यकारिणी उपाध्यक्ष तथा सभाका संयोजक कुशल खतिवडाले स्वागत, प्रकाश सुवेदीले आस्था वाचन र महासचिव टिकाराम खतिवडाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

अधिवेशनसहित को साधारणसभा रहेको ले नयाँ नेतृत्वको लागि आज बाट प्रक्रिया सुरु हुने छ, सहमति सहकार्य र एकताको भावना अनुरूप नेतृत्व चयनको प्रयास गरिने निर्वाचन अधिकृत राजिव धिमालले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)