Aamsanchar

प्रहरीकै सेटिङ्गमा तस्करी, कारोबारीले सुनसरी र पशुपतिनगर नाका रोजेपछि भद्रपुर भन्सार ठप्प

Author Image
शुक्रवार, माघ २८, २०७३

 

(पार्थ मण्डल) भद्रपुर।

भद्रपुरका कारोबारी समूहले अन्य जिल्लाबाट चोरीतस्करी माध्यमबाट ठूलो परिणाममा सरसामान भित्राउन थालेपछि भद्रपुर छोटी भन्सारको राजश्व संकलन गिरावट आउन थालेको छ ।
महिनामा डेढ करोड बढी राजश्व संकलन हुने भद्रपुर छोटी भन्सारमा क्रमस प्रत्येक महिना राजश्वमा गिरावट आउन थालेको भन्सार तथ्याकले देखाएको छ । कर्मचारीको मिलोमितोमा भन्सार भित्रै भष्ट्रचार हुने थालेको बिषय सञ्चारमाध्यममा निरन्तर समाचार प्रकाशन हुन थालेपछि भद्रपुरका कारोबारी भद्रपुर नाका छाडेर अन्य जिल्लाको नाका रोजेपछि भन्सारको राजश्व ओरालो लागेको व्यापारी स्रोतको दावी छ ।
चालु आवको माघ २६ गते सम्म छोटी भन्सारमा ८ करोड ६ लाख ५८ हजार बराबर राजश्व संकलन भएको छ । जसमध्ये साउनमा १ करोड ४२ लाख, भदौ १ करोड ७९ लाख, असोजमा १ करोड ४४ लाख, कार्तिकमा १ करोड २४ लाख, मंसीरमा १ करोड १२ लाख, पुसमा ८४ लाख ५८ हजार र माघ २६ गतेसम्म ५३ लाख ३९ हजार राजश्व सकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

भदौमा राजश्वमा उल्लेख वृद्धि देखिएपनि असोज, कार्तिक र मंसीरमा क्रमस राजश्व ओरालो लागदै आएको देखिन्छ । पुसमा करोड नपुगेको अवस्थामा माघमा पुस महिना जतिको राजश्व पनि संकलन नहुने भन्सारका अधिकृत विमल पौडेलले बताए । भद्रपुर भन्सारबाट एक दर्जन बढी कारोबारीले ठूलो परिणाममा लत्ताकपडा कारोबार गर्दै आइरहेको अवगत गराउदै अहिले एक जना व्यापारीले मात्र लत्ताकपडाको कारोबार गर्दै आइरहेकोले राजश्वमा गिरावट आएको हो ।
बजारमा लत्ताकपडाको माग हुदाहुदै कहाँबाट सामान भित्रीदै छ, अहिले भन्सार कर्मचारी आफै चिन्तित बनेको अधिकृत पौडेलले बताए । भद्रपुर नाकाबाट भित्रीने सामान अन्य जिल्ला प्रयोग गरी भित्रीरहेको जानकारीमा आएकोले तस्करीकै माध्यमबाट सामान नेपालका बजारमा आइरहेको हुन सक्ने उनको भनाई छ ।

भद्रपुर भन्सारमा राजश्व गिरावटको बिषयमा मेची भन्सार कार्यालय काकरभिटटाले पनि चासोका साथ हेरिरहेकोले भन्सार राजश्व चुहावट जिल्ला समन्वय समितिमा समेत कुरा पुगिसकेकोे उनले बताए । यसबारे थप जानकारी लिन भारतको गलगलिया भन्सार कर्मचारीसंग बुझने उनको भनाई छ ।
यता व्यापारी स्रोतका अनुसार भद्रपुरका कारोबारी सुनसरीको रामनगर भुटटा, भण्टाबारी र इलामको पशुपतिनगर नाकालाई तस्करीको ट्रान्जिट पोइन्ट बनाएको बताए । भारतको बासमतिया नाकाबाट सुनसरीको विभिन्न नाकाबाट इनरुवा हुदै लाखौ मुल्य बराबरको सरसामान ट्रकका ट्रक पूर्वका बजार आउने गरेको प्रहरी स्रोतकै दावी छ ।

जिल्लाका सशस्त्र प्रहरी प्रमुखदेखि सिविलमा खटिएका सादा पोशाकका शसस्त्र प्रहरी र नेपाल प्रहरीको सम्लग्नतामा तस्करी भइरहेकोले स्रोतको दावी छ । त्यस्तै पुशपतिनगर अन्तरगत रहेका छोटी भन्सार कार्यालयका कर्मचारी, इलाका प्रहरी कार्यालय पशुपतिनगर र सशस्त्र प्रहरी बेस क्याप फिक्कलको सेटिङमा झापाका तस्करी समूहले अवैध धन्धा चलाउदै आएको छ ।

भद्रपुरका कारोबारीले इलामको हिले, छिरुवा, छब्बिसे भन्सार नाका हुदै पशुपतीनगरको पेट्रोल पम्पको सडक प्रयोग गरी झापाको विर्तामोडमा सामान ल्याएर भण्डार गर्दै आइरहेको व्यापारी स्रोतकै दावी छ । कारोबारीले समय अनुकुल मिलाएर पिकअप भेन र रात्रीसेवाका बस हालेर लाखौ मुल्य बराबरको सरसामान ल्याउदै आएका छन् । यता एक कारोबारीले भने, भन्सारमा सेटिङ गर्न नसक्दा हामी सुनसरी गएका हौ, दुवानी खर्च केही बढी लागेपनि त्यहाम्बाट काम सजिलै भइरहेको छ । हामीले सबैलाई पक्षलाई मिलाएकोले कुनै अवरोध छैन, उनले भने ।
सुनसरी र पशुपतिनगर नाकाबाट भन्सार छलेर भित्राइने सरसमान कारोबारीले १५ प्रतिशत कमिशन लिएरै काम गर्दै आइरहेको छ । यसले भन्सारबाट काम गर्ने कारोबारीमा असर पर्नुका साथै भद्रपुर भन्सारमा पनि प्रत्यक्ष मार परेको छ । सुनसरी र पशुपतिनगरबाट भित्रीने सरसामान झापाको विर्तामोड, दमकसहित उर्लाबारी, इटहरी, धरान, धनकुटा लगायत सम्मको बजार पु¥याउदै आएको छ । साथै सुनसरी जिल्लाबाट भन्सार छलेर भित्रिएको सुत्र्ती पनि झापामा नै आइरहेको छ ।

Views: 148

प्रतिक्रिया (०)