Aamsanchar

फिदिममा सञ्चालित आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी

Author Image
आइतवार, माघ २९, २०७९

पाँचथर –फिदिम नगरपालिकामा सञ्चालित आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी भएको छ । कक्षा १ देखि ८ सम्म पढाइ हुने नगरपालिकाभित्रका ३८ विद्यायमा आगामी शैक्षिक सत्र २०८० देखि यो व्यवस्था गर्न लागिएको हो ।

नगरपालिकाले चालु शैक्षिक सत्रभित्रै पाठ्यक्रम निर्माण सक्ने जनाएको छ । नयाँ शैक्षिक सत्रको सुरु ९वैशाख महिना० देखि पठनपाठनको तयारी थाल्ने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख निर्मला दाहालले बताइन् । तयारी स्वरुप शिक्षा शाखाले स्थानीय पाठ्यक्रमको आवश्यकता पहिचान र उद्देश्य निर्धारणका लागि सरोकारवालाहरूसँग छलफलसँगै सुझाव संकलन गरेको छ । स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोतसाधन तथा स्थानीय परिवेश सुहाउँदो विषयवस्तु समेटेर पाठ्यक्रम तयार गर्न लागिएको उनले प्रस्ट्याइन् । उनका अनुसार स्थानीयमा केन्द्रीय पाठ्यक्रमले नसमेटेका विषयसँगै कृषि, रैथाने तरकारी खेती, वनस्पतिजन्य वस्तुहरू, जीवन उपयोगी शिक्षा, भाषा लिपि, जातिगत विविधता, धार्मिक ऐतिहासिक, सांस्कृतिक र भौगोलिक पहिचान, पर्यटकीय स्थल, स्थानीय शासन व्यवस्था, प्रविधिको सुरक्षित प्रयोग जस्ता विषय समेटिने छन् ।

पूर्वतयारीका लागि भाषाविद हरिचन्द्र लावतीको संयोजकत्वमा गठित समितिमा रानिटार माविका प्रधानाध्यापक भक्तबहादुर राई, सरस्वती मावि चोकमागुका वासुदेव ढुंगाना, सिद्धदेवी मावि नागीनका रुपनारायण

चापागाई, महादेव गुप्तेश्वर माविका कमल बाँस्कोटा र शिक्षा अधिकृत निर्मला दहाल सहितको ६ जना छन् । यसअघि जिल्लाको फाल्गुनन्द गाउपालिकाले २४ वटा माविमा लिम्बू भाषा पढाइरहेको छ । यो बाहेक जिल्लाकै याङवर र फालेलुङ गाउँपालिकामा जैविक विधिता संरक्षणमा सघाउ पुर्‍याउन संरक्षण शिक्षा नामक स्थानीय पाठ्यक्रम लागु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)