Aamsanchar

छोराछोरीको जन्मदिनमा बालगृहलाई सहयोग

Author Image
बुधवार, फागुन १०, २०७९

झापा – झापा बिर्तामोडका त्रिलोचन भट्टराई र कमला बिष्ट भट्टराईले आफ्ना छोराछोरीको जन्मदिन बालबालिकासँग मनाएका छन् । छोरा गौरब र छोरी यारीका भट्टराइको जन्मदिन उनीहरुले अर्जुनधारा – ११ मा रहेको मनमाया आमा बालगृहमा मनाएका हुन् ।

छोरा र छोरीको जन्मदिनको अवसर पारेर मंगलबार उनीहरुले बालगृहमा रहेका १८ जना बालबालिकालाई एक छाक खाना खुवाएर स्टिल दराज समेत प्रदान गरेका छन् । केक काट्ने लगायतका फजुल खर्च गरेर भन्दा बन्दी सहायता नेपालद्वारा संचालित मनमाया आमा बालगृहका बालबालिकाहरुलाई आवश्यक सामग्री राख्न छ कोठा भएको स्टिल दराज प्रदान गरेर जन्म दिन मनाउँदा नानीबाबुहरुमा पनि सकारात्मक सन्देश जाने भएर यसो गरिएको त्रिलोचनले बताए । उनले समस्या भएका बालबालिका, वृद्ध, असहायहरुलाई सहयोग गरि मनाउँदा खुसी लागेको बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (१)