Aamsanchar

बिर्तामोड महोत्सवमा डीडी सेक्युरिटी सर्भिसको भरपर्दो सेवा 

Author Image
बिहिवार, फागुन ११, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजना भइरहेको बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवमा डीडी सेक्युरिटी सर्भिसका  नागरिक सुरक्षा गार्ड ९ सुरक्षा कर्मी० हरूले सुरक्षा सेवा प्रदान गरिरहेको छ । काठमाडौं गुहेश्वरीमा मुख्य कार्यालय रहेको  डीडी सेक्युरिटी सर्भिसको प्रदेश १ क्षेत्रीय कार्यालय बिर्तामोडले महोत्सवमा सुरक्षा प्रदान गर्दै आएको हो ।

बिर्तामोडमा १ वर्ष अघिमात्रै कार्यालय स्थापना भएर सेक्युरिटी सेवा उपलब्ध गराउँदै आएको डीडी सेक्युरिटी सर्भिसले महोत्सवमा ६ जना महिला, ४ जना वरिष्ठ, १ जना सुपरभाइजर गरि  ४७ जना गार्डहरू परिचालन गरेको छ । बिर्तामोड कार्यालय अन्तरगत ८० जना गार्डहरू सुरक्षा सेवामा कार्यरत रहेको डीडी सेक्युरिटी सर्भिसका क्षेत्रीय कार्यालय प्रमुख राज आङदाङवेले बताए ।

डीडी सेक्युरिटी सर्भिसमा भूतपूर्व सेना, प्रहरी र सिभिल गार्डहरू रहेका छन् । बिर्तामोडको विभिन्न बैंक, वित्तिय संस्था, होटलहरूमा गार्ड परिचालन गर्दै आएको डीडी सेक्युरिटी सर्भिसले सेवा सुरु गरेको छोटो अवधिमा आफ्नो पहिचान बनाउन थालेको छ ।

डीडी सेक्युरिटी सर्भिसले वेला वेला तालिमको आयोजना गरेर गार्डहरू नियुक्त गर्ने गरेको छ । सीसी क्यामरा, अग्नि नियन्त्रण, रेडियो सेटलगायतका प्राविधिक सीप प्रदान गरेर दक्ष सुरक्षा गार्डहरू तयार पार्दै आएको छ ।
सुरक्षा भित्र अनुशासन मुख्य विषय रहेकोले पिटी, परेट र हुनसक्ने सम्भावित घटना हुन नदिने जस्ता विभिन्न तालिमहरू डीडी सेक्युरिटी सर्भिसले दिदैँ आएको आङदाङवेले बताए ।

आङदाङवेले भने ‘सुरक्षा गार्डको माग बढ्दो छ । सयौँलाई रोजगारी दिने लक्षका साथ अघि बढेका छौं । हामिले सरकारले तोकेको न्यनतम पारिश्रमिक दिएका छौं ।’  गाडको तर्फबाट १० प्रतिशत र कम्पनीको तर्फबाट तलबको २० प्रतिशत रकम सामाजिक सुरक्षामा छुट्याइने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 1348

प्रतिक्रिया (०)