Aamsanchar

झापा प्रहरीद्वारा दुई हजार किलो सुपारीसहित एकजना पक्राउ

Author Image
शुक्रवार, फागुन १९, २०७९

झापा- झापा प्रहरीले दुई हजार किलो सुपारी बरामद गरेको छ । मेचीनगर नगरपालिका–६ बाट उक्त परिमाणको सुपारीसहित एकजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गएको बुधबार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४३२ नम्बरको पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा आवश्यक कागजपत्र नभएको दुई हजार किलो सुपारी फेला परेको थियो ।

त्यसका चालक झापाकै दमक नगरपालिका–१ बस्ने २८ वर्षीय मुकेश चौधरीसहितलाई नियन्त्रणमा लिई कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरीमा पठाइएको झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर