Aamsanchar

मेचीनगरमा महिला नेतृत्व चारदिने प्रशिक्षण समापन

Author Image
शनिवार, फागुन २०, २०७९

मेचीनगर । शी लिड्स महिला नेतृत्व कार्यक्रम प्रारम्भिक प्रशिक्षणको दोस्रो मोड्युल झापाको काँकडभिट्टामा शनिवार समापन भएको छ ।

दलित महिला केन्द्र नेपाल ( सिडीडब्लुएन) को आयोजना आईएफईएस प्राविधिक सहयोग र अष्ट्रेलियन एडको आर्थिक सहयोगमा फागुन १७ देखि २० गतेसम्म चारदिने प्रशिक्षण कार्यक्रम शुरू भएको थियो ।

महिला जनप्रतिनिधिहरूको नेतृत्व र क्षमता विकास गर्ने उद्धेश्यले प्रशिक्षण आयोजना गरीएको हो । मेचीनगर नगरपालिकाका १५ वटा वडाका ३० जना सहभागीलाई प्रशिक्षक सोमराज ढकाल ,पुनम मण्डल र सम्झना पोखरेलले विभिन्न विषयमा तालिम प्रदान गर्नुभएको थियो ।

आठवटा विषय समूह कार्य, सक्रिय सुनाई, स्थानीय सरकारको योजना तर्जुमा कार्यान्वयन र अनुगमन प्रक्रिया , स्थानीय सरकारको बजेट निर्माण प्रक्रिया , सञ्जालिकरण, वार्ता,बैठकको योजना र व्यवस्थापन र पैरवीको परिचयका विषयमा सहभागीलाई प्रशिक्षण प्रदान गरिएको थियो ।

यो तालिमले सहभागीहरूलाई नगरपालिका र वडामा कार्य गर्ने ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्न मद्दत पुग्ने प्रशिक्षक मण्डलले बताउनुभयो । प्रशिक्षणसँगसँगै सहभागीहरूले अभ्यास समेत गरेका थिए । उहाँहरूले प्रशिक्षणकै विभिन्न विषयमा अभ्यास गर्नुभयो । यो तालिम सहभागीहरूकालागि निक्कै फलदायी बनेको सहभागी मेचीनगर वडानम्वर ६ कि दलित महिला सदस्य सीमा रसाईलीले बताउनुभयो ।

समापनका अवसरमा प्रशिक्षक सोमराज ढकालले कार्यक्रम के हो रु किन रु र कस्ले गरेको भन्ने विषयमा जानकारी गराउनुभयो । उहाँले यसको पहिलो मोड्युल ५ महिनाअघि सम्पन्न भएको जानकारी गराउनुभयो । २०७४ सालमा पनि यो कार्यक्रम सञ्चालन भएपनि मेचीनगरमा सञ्चालनमा आउन सकेको थिएन् ।
स्थानीय सरकारमा निर्वाचित महिला सदस्यहरूको निर्वाचित भूमिकाका विषयमा थप बुझ्न सक्ने बताईएको छ ।
महिला सदस्यहरूलाई वडाको बनावट, कसरी काम गर्ने रु बजेट कसरी बनाउने रु भन्ने विषयमा ज्ञान हुने उहाँको भनाई छ । यो तालिम तीन चरणमा सम्पन्न हुने छ । अब २ महिनापछि मोड्युल तेस्रो हुने छ । कोशी प्रदेशका ५ वटा जिल्लाका ३९ वटा पालिकामा यो कार्यक्रम जारी छ । अब यस तालिममा सीकेको अनुभव र सीपलाई कार्यान्वयनतर्फ लाग्नुपर्ने बताउनुभयो ।

तालिमको समापन अवसरमा प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले अब हरेक महिलाहरूले आफ्नो क्षमता र सीप अभिवृद्धि गर्न जरूरी रहेको भन्दैँ यस्ता तालिमले थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । यो समाज पितृसत्तात्मक समाज रहेको भन्दैँ उहाँले संस्कार पनि गलत रहेको टिप्पणी गर्नुभयो । हिसाँका विभिन्न प्रकृितमध्ये महिलामाथि हुने हिसाँ महिलाबाटै हुने गरेको पनि बताउनुभयो । अब महिलाबाट महिला हिसाँ हुने घटना कम हुदैँ गएको उहाँको भनाई थियो । त्यसको पनि असर अहिले पनि देखिएको नगरप्रमुख बुढाथोकीले बताउनुभयो ।

सहभागीकातर्फबाट मेचीनगर १० नम्वर वडाका वडा सदस्य लीला तामाङले तालिमबाट निक्कै उपलब्धि प्राप्त भएको बताउनुभयो । स्थानीय सरकारले प्रदान गर्नुपर्ने तालिम गैरसरकारी संस्थाबाट प्राप्त भएकोमा खुशी व्यक्त गर्नुभयो । नगर वा वडाबाट बजेट माग गर्ने समय र परिधिका विषयमा ज्ञान प्राप्त भएको उहाँको भनाई थियो ।

कार्यपालिका सदस्य कविता मिजारले तालिमले आफ्नो काम, कर्तव्यका बारेमा जान्ने अवसर मिलेको बताउनुभयो । अब स्थानीय सरकारसँग बजेट कसरी माग गर्ने,वार्तालगायतका बिषयमा जानकारी प्राप्त भएको उहाँले विचार राख्नुभयो ।

समापन समारोहमा वडा सदस्य कृष्णकुमारी विक, कार्यपालिका सदस्य तीलजा देवान रिता परियारलगायतले बोल्नुभएको थियो ।

वडा सदस्य रञ्जिता नेपालीको अध्यक्षतामा भएको समापन समारोहको सञ्चालन सुष्मा कार्की डोलीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)