बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न केन्दि«य अधिवेशनमा बस्तुगत तर्फ कार्यकारिणी उपाध्यक्ष पदमा उम्मदेवारी दिएका हेमराज ढकाललाई समर्थन गर्दै नेपाल चिया उत्पादक संघ केन्दि«य समिति र आधा दर्जन भन्दा धेरै बस्तुगत संघले ढकाललाई जिताउन व्यवसायीहरु समक्ष अपील गरेका छन् ।
आज (आइतवार) बिर्तामोडमा नेपाल चिया उत्पादक संघले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर उम्मेदवार ढकालको पक्षमा समर्थन सहिद भोट अपील गरेको हो ।
चिया उत्पादक संघसहित नेपाल अलैचीँ व्यवसायी महासंघ, अदुवा, सुपारी, भेनियर, प्लाइउड, कुचो, रबर उत्पादक संघहरुले ढकाललाई सर्मथन गरेका छन् ।
पत्रकार भेटघाट कार्यक्रम नेपाल चिया उत्पादक संघ केन्द्रिय अध्यक्ष सुरेशकुमार अग्रवालको अध्यक्षतामा आयोजना भएको थियो ।
बिर्तामोडमा भएको पत्रकार भेट कार्यक्रममा उपस्थित हुन नसकेका ढकाललाई टेलिफोन मार्फत तपाईको उम्मेदवारी किन भन्ने प्रश्नमा ढकालले भने ‘महासंघमा वस्तुगत तर्फबाट केन्द्रीय सदस्य भएर विभिन्न समितिको जिम्मेवारी लिँदा वस्तुगत संघको हकहितमा थुप्रै काम गरेको छु, उपाध्यक्ष निर्वाचित भएमा वस्तुगत संघको अधिकार र दायरा ठूलो बनाउने काम गर्ने छु ।
‘नेपालमा वास्तविक रुपमा उद्योग व्यवसाय संचालन गरेर देशको अर्थतन्त्र चलायमान बनाउने भनेको बस्तुगत संघमा आवद्ध रहेका साथिहरुले हो,’ ‘महासंघको ब्रेन भनेको बस्तुगत संघ हो तर त्यसको सदुपयोग गर्न सकिएको छैन ।’ ‘नेपालमा मौलिक वस्तुहरु उत्पादन गरी निर्यात गरेर देशमा डलर भित्र्याएर अर्थतन्त्रमा योगदान दिने काम वस्तुगतसँघले गर्दै आएको छ । यसको विकास र प्रवर्द्धनमा सरकारले विशेष चासोका साथै सोही अनुरुप सुविधा दिनुपर्छ त्यसका लागि आफूले सधै ऐन र नीतिगत समस्या हल गर्न सरकारलाई ध्यान आर्कषण गराने काम गर्ने छु।’