Aamsanchar

काठमाडौंमा गेष्ट हाउसमा लगेर नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

Author Image
मङ्गलवार, चैत २१, २०७९

काठमाडौं: नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई मंगलबार पक्राउ गरेको एसपी रवीन्‍द्र रेग्मीले जानकारी दिए।

प्रहरीले काठमाडौंको टोखा नगरपालिका-६ धापासी बस्ने २१ वर्षीय आशिष तामाङ भन्ने निमा तामाङ र उनका साथी काभ्रे महाभारत गाउँपालिका-७ घर भई धापासी बस्ने २१ वर्षीय कुशल श्रेष्ठलाई पक्राउ गरेको बताएको हो।

तामाङले फेसबुकमार्फत् नाबालिका पीडितलाई साथी बनाएका थिए। फेसबुकमार्फत् चिनजान गरी उनीहरू दुई जनाले नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोप छ।

तामाङ र श्रेष्ठले पीडितलाई गत फागुन ६ गते टोखा-३ ग्रान्‍डी अस्पताल नजिकैको गेष्ट हाउसमा लगेका थिए। त्यहाँ सामूहिक बलात्कार गरी फरार भएका उनीहरूलाई प्रहरीले मंगलबार पक्राउ गरेको एसपी रेग्मीले बताए।

घटनाको थप अनुसन्धान गर्न कार्यालयले उनीहरूलाई प्रहरी वृत्त महाराजगंजमा पठाएको छ।

Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर